हुम्लाको थ्येहगाविसको वडा नं ३ स्थित मानेखोलमा शुक्रबार साझ बेबारिसे बम बिस्फोट हुदा दुई जना वालवालिकाको घटनास्थलमै मृत्यु भएको छ । थ्येहको मानेखोलमा रहेको बम फड्किदा स्थानीय ८ बर्षिय अस्मिता वोहरा र १० बर्षिय मानवहादुर वोहराको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बम विस्फोट भएको स्थानमा प्रहरी एक घण्टामै पुगेर उद्धार गरेको थियो । कर्णाली अाचलका जिल्लामा भएको बम विस्फोटको घटनानै यो पहिलो हो । यस अघि कुनै किसिमको बम बिस्फोटनको घटना नभएको र देशका बिभिन्न स्थानमा बम विस्फोट भईरहदा हुम्लामा भएको विस्फोटनले देशमा अझै युद्धको प्रभाव रहेको बुझ्न सकिन्छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com