बेनीमा आईतबार सरकारले हालै ल्याएको सुर्तिजन्य बस्तु नियन्त्रण नियमन निर्देशिका २०६७ को विषयमा अन्तरकि्रया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थ नियन्त्रण जिल्ला सजालम्याग्दी र कदम म्याग्दीको आयोजनामा भएको कार्यक्रमका सहभागिले सरकारले अस्पष्ट निर्देशिका ल्याएर पनि कार्यान्वयन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
समाजमा सुर्तिजन्य पदार्थको प्रयोग घटाउँदै नियन्त्रण गर्न संसदमा बिधेयक दर्ता भएपनि सरकारले चोर बाटो भएर अस्पष्ट निर्देशिका जारी गरेकाले थप समस्या उत्पन्न गराएको साजालका अध्यक्ष हरी पौडेलले बताउनुभयो ।
मानव स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थको बिक्री वितरण र प्रयोग न्युनीकरण गराउन सचेतना जगाउने उद्देश्यले सरोकारवालासँग बृहत किसीमा छलफल गर्ने निर्णय भएको अध्यक्ष पौडेलले बताउनुभएको छ ।
कार्यक्रममा जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य गाँजा युवा क्लवकि प्रतिनिधी जमुना आचार्य म्याग्दी काली एफ एमका स्टेशन संयोजक बिक्रम बोगटी लगायतका सहभागिहरुले सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गराउन सरकारले स्पष्ट निती बनाएर लागू गनुे्रपर्ने सुझाव दिनुभयो ।
smacaharma date rakhnuparyo mitra....
ReplyDelete