कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतमा जनचेतना जगाउन सडक नाटक प्रर्दशन

गाउँ गाउमा सडक निर्माणका क्रममा जथाभावी रुपमा डोजरको प्रयोगबाट दैबी प्रकोपका घटना बढ्न थालेपछि पर्वतमा जनचेतना जगाउन सडक नाटक प्रर्दशन गर्न थालिएको छ ।
जिल्लाका गाउँगाउँमा अत्याधिक रुपमा डोजर प्रयोग गर्दा बाढी पहिरोबाट धनजनको क्षति हुन थालेकाले सडक नाटकबाट जनचेतना जगाउने अभियान शुरु भएको हो ।
जिल्ला भू-संरक्षण कार्यालय पर्वतले जिल्लाका गाउँगाउँमा यस्तो अभियान शुरु गरेको छ । सिड नेपाल संग आबद्ध कलाकारहरुको सहभागितामा ुदुःख पाईएला हैु सडक नाटक गाउँमा प्रर्दशन गरियो पर्वत जिल्लाका ५५ वटै गाबिसमा सडक खनिएको छ । गाउँमा करिब ५ सय किलोमिटर सडक निर्माण गर्दा सबैजसो स्थानमा डोजर प्रयोग भएको छ । डोजरबाट बाटो खन्दा जमिन थर्कने भएकाले श्रमिक मार्फत निर्माण गर्नुपर्ने कुरामा वाताबरणबादीले जोड दिदै आएका छन । नाटक मार्फत कलाकारहरुले दैबी विपत्तीमा पर्नुभन्दा समयमै सचेत हुन सर्वसाधारणहरुलाई आग्रह गरेका छन् । विकासको नाममा जथाभावी खनिएका सडकहरुले भु-क्षय हुने लगायत सम्भावीत घटनाहरुवाट जोगिन समयमै सचेत हुन आग्रह गरिएको छ । उक्त नाटक पाङ्गराङ्ग गाविसको कर्नासमा बाच्छा गाविस वर्राचौर गाविस स्थानमा प्रदर्शन गरिएको छ । यसलाई जिल्लाका सबै गाबिसमा पुर् याउने कार्यालयले जनाएको छ ।
डोजरको प्रयोग गरी सडक निर्माण गर्दा मानवीय क्षति खेतवारीमा पहिरो जाने लगायतका धनजनको क्षति हुने घटनाहरु घट्ने क्रम चलेपछि सर्वसाधारणहरुमा सचेतना फैलाउन नाटक मार्फत कलाकारहरु मार्फत सचेतना फैलाउँदा प्रभाबकारी बनेको जिल्ल्ाा भु- संरक्षण अधिकृत विजेन्द्रकृष्ण सिहले बताउनुहुन्छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com