अगन्धर तिवारी,
म्याग्दी चैत २० । एकिकृत नेकपा माओबादी म्याग्दीले आइतबार दिउँसो म्याग्दीका प्रहरी नायव उपरीक्षक नवराज भट्ट र नेकपा एमाले बिरुद्ध नारबाजी गरेको छ । एकिकृत माओबादीले हालै सार्वजनिक गरेको जनस्वयंसेवक दस्तालाई जिल्लामा पहिलोपटक सार्वजनिक गर्दै उसले बाबियाचौर गाविसमा केहि समय अगाडी घटेको घटनाको विषयलाई लिएर डिएसपी भट्ट र एमालेबिरुद्ध नाराबाजी गरेको हो ।
भ्रष्ट डिएसपी मुर्दावाद डिएसपी नवराज भट्ट र एमालेबिचको अपवित्र साँठगाँठ मुर्दाबाद जिल्ला सचिव लालु किसान र राजु रन्तिजामाथि लगाएको झुट्टो मुद्धा खारेज गर लगायतका नारा लगाउँदै माओबादीका केन्दीय सदस्य बाबुराम नेपाली सभाषदद्वय गोबिन्द पौडेल र गमबहादुर श्रीष सहित जिल्ला नेता तथा कार्यकर्ताहरुले बेनीबजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमापछि जनस्वंसेवक दस्ता सार्वजनिक गर्दै उक्त दस्ता परिचालन समितिका केन्द्रीय सदस्य ध्रुव घिमिरेले वाइसियल र जवस्वयंसेवक दस्ताका बिचमा कुनै भिन्नता नरहेकोले कसैले आसंका नगर्न अनुरोध गरेका थिए ।
बजार परिक्रमापछि जनस्वंसेवक दस्ता सार्वजनिक गर्दै उक्त दस्ता परिचालन समितिका केन्द्रीय सदस्य ध्रुव घिमिरेले वाइसियल र जवस्वयंसेवक दस्ताका बिचमा कुनै भिन्नता नरहेकोले कसैले आसंका नगर्न अनुरोध गरेका थिए ।
फागुन ३ गते राती बाबियाचौरमा भएको घटनाको विषयलाई लिएर उनले प्रहरी प्रमुखका रुपमा रहेको म्याग्दीको डिएसपी नवराज भट्टले आँफुभित्र रहेका भ्रस्टाचारका कर्तुत एमाओबादीले सार्वजनिक गर्ने डरले नियोजित सड्यन्त्र शुरु गरेको आरोप लगाए ।
‘यहाँको डिएसपीले मोवाइल किन्न र प्रहरीको गाडीको टयर फेर्न समेत यहँका युवालाई धम्कि दिएर पैसा मागेका र भ्रस्टाचारका थुप्रै रेकर्डहरु हामिसंग छन् ।’ उनले भने- ‘डिएसपी भट्टले गरेका सानादेखि ठुलासम्म भ्रस्टाचारका कुरा बाहिर ल्याउने हो भने एउटा किताव नै भरिने, उनको भनाई थियो ।
गत फागुन ३ गते राती जिल्लाको बावियाचौर गाविसको एक घरमा भएको चोरीको घटनालाई लिएर डिएसपी नवराज भट्ट र नेकपा एमाले ले एकिकृत नेकपा माओबादीको जिल्लामा रहँदै आएको उच्च छबि धमिल्याउन खोजेको आरोप एमाओबादीले लगाएको छ ।
आफ्ना जिल्ला सचिव लालु किसान र इलाका कमिटि सदस्य राजु रन्तिजामाथी लगाइएको मुद्धा फिर्ता नलिएमा नेकपा एमाले र प्रहरी नायव उपरीक्षक भट्टको छिटै पतन गराइने माओबादीले धम्की दिएको छ ।
बाट:धौलाश्री
No comments:
Post a Comment
kushmabajar.blogspot.com