कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

अज्ञात समूहले कुटपिट गरी हत्या


सानुबाबु तिमिल्सिना
धादिङ , चैत्र २४ धादिङको पिडा गाविस वडा नं. ४ का स्थानीय ७० वर्षीय चित्रबहादुर पण्डितको अज्ञात समूहले कुटपिट गरी हत्या गरेको छ । चित्रबहादुर पण्डितलाई बिहीबार बिहान ३ बजेतिर अज्ञात समूहले कुटपिट गरी हत्या गरेको स्थानीयबासीले बताएका छन् । नेपाली कांग्रेस गाउं ईकाई समिति पिडाका सदस्य समेत रहेका पण्डितलाई आˆनै घरमा रहेको अवस्थामा हत्या गरेको पारिवारीक स्रोतले जनाएको छ । हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेको आशंका गर्दै नेपाली कांग्रेस धादिङले तत्काल घटना अनुसन्धानका लागि माग गरेको छ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले विहीवार एक विज्ञप्ती प्रकाशित गरी घटनाको निन्दा गर्दै दोषीलाई कारवाही गर्न सरकार समक्ष माग गरेका छन् । उता प्रहरीले भने घटनाको विषयमा अनुसन्धान भैरहेकोले अहिले नै घटनाको बारेमा यसै भन्न नसकिने जनाएको छ । पण्डितको शवलाई पोष्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य चौकिमा राखिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com