कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पवर्तको नाग्लीबाङका स्थानियबासीको सक्रियतामा सडक निर्माण

रमेश रेग्मी
बाग्लुङ, २८ चैत्र
पर्वतको नाग्लीबाङ ४ मा स्थानियबासीको सक्रियतामा तिन किलोमिटर मोटरबाटो निर्माण गरिएको छ । गाबिस परिषदको संयन्त्रमा पटकपटक सडक निर्माणका लागि रकम निकासाका लागि ताकेता गर्दा पनि परिषदमा सहभागि राजनीतिक दलका प्रतिनिधी,बुद्धिजिवी लगायतले बेवास्ता गरेपछि स्थानियबासीको सक्रियतामा संकलन गरिएको करिव एक लाख २० हजार रुपैयाको लागतमा बाटो निर्माण गरिएको हो ।
नाग्लीबाङ ५ र ४ नम्बर वडाको सिमानाबाट निर्माण गरिएको तिन किलोमिटर सडक वडा नम्बर ४ को जनज्योती प्राबिमा पुगेर टुङगीएको छ ।
सडक निर्माण भएपछि स्थानियबासीलाई त्यहाँ उत्पादित तरकारी लगायत अन्य सामाग्री बजार सम्म पु¥याउन सहज हुने भएको छ भने निर्माण सामाग्री लगायत आपतकालीन समयमा बिरामीहरुलाई तत्काल अस्पताल सम्म पु¥याउन समेत सहज हुने स्थानियबासीको विश्वास रहेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com