रोटरी परिवारका सदस्य वीच आपसी सद्भाव र एकताको विकास गरी सामाजिक कार्यमा कि्रयाशिल रही योगदान पुर् याउने उद्देश्यले रोटरी क्लव अफ पर्वतमा आबद्ध रोटरी परिवारका सदस्यहरुको एक भेलाले लक्ष्मी कुमारी मेधासीको अध्यक्षतामा इनरह्वील क्लव अफ पर्वत गठन भएको छ ।
क्लवको उपाध्यक्षमा जमुना अधिकारी सचिवमा चन्द्रा पौडॆल र कोषाध्यक्षमा विष्णुकुमारी उपाध्याय रहनुभएको छ । साथै भेलाले क्लवको साचार सदस्यमा लक्ष्मीकुमारी पौडेल सहसचिवमा देवी शर्मा र सेवा आयोजक सदस्यमा गौरी गिरीलाई चयन गरेको छ ।
त्यस्तै गरी आफ्नो व्यावसायिक दक्षताको विकास गर्दै समाज विकासमा थप योगदान पुर् याउने चाहने स्थानीय युवाहरुको सोही दिन सम्पन्न अर्को भेलाले मोहन आचार्यको अध्यक्षतामा १३ सदस्यीय रोट्रयाक्ट क्लव अफ पर्वत गठन गरेको छ ।
क्लवको उपाध्यक्षमा अच्युत तिवारी सचिवमा विनोद आचार्य र कोषाध्यक्षमा पार्वती कुंवर रहनुभएको छ । सर्वसम्मतिमा चयन क्लवका अन्य पदाधिकारीहरुमा एडमिन डाइरेक्टर हिमाल केसी मेम्वरसिप डाइरेक्टर विपिनकुमार कर्माचार्य पब्लिक रिलेसन डाइरेक्टर रामचन्द्र पौडेल सर्भिस प्रोजेक्ट डाइरेक्टर सरुमाया पौडेल रोट्याक्ट फाउण्डेशन डाइरेक्टर केदारनाथ आचार्य र प्रोफेशनल डेभलपमेन्ट डाइरेक्टर मुना भूषाल रहनुभएको छ ।
साथै क्लव इडिटरमा किशोर सुवेदी सहसचिवमा सन्तोष पौडेल र सचेतकमा शिवराज सुवेदी रहनुभएको छ ।
रोटरी क्लव अफ् पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाइले दुवै क्लवका संस्थापक पदाधिकारलाई बधाएई तथा सफल कार्यकालको शुभकामना दिँदै आफ्नो व्यावसायिक क्षमता विकास गर्दै सामाजिक योगदान एवं प्रतिष्ठा अभिवृद्धिका लागि रोटरी अभियान अनुपम अवसर भएको वताउनुभएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com