कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीमा भएको विद्धोह संलग्न सैनिकहरुलाई पक्राउ गरी कोर्ट इन्क्वारी गठन गरी छानविन शुरु


नेपाली सेनाको पश्चिम पृतना पोखराले एक साता अघि इन्द्रबक्स गण अथुङ्गे ब्यारेक म्याग्दीमा भएको विद्धोह संलग्न सैनिकहरुलाई पक्राउ गरी कोर्ट इन्क्वारी गठन गरी छानविन शुरु गरेको छ ।
चैत १४ गते दिउसो केही सैनिक जवानले ब्यारेक कब्जामा लिई नारावाजी गर्दै कार्यकक्षमा रहेका तत्कालिन कमाण्डरहरु मेजर अरुणबहादुर सिं र पवन बाराकोटीलाई कुटपिट गरेका थिए । श्रोतका अनुसार गण प्रमुखको अनुपस्थितीमा कमाण्डर सम्हालेका मेजर अरुण सिंलाई जवानहरुको आक्रमणबाट भाग्दै गरेका बखत गेटमा ड्युटि बसेका सैनिकले ‘हतियार कक’ गरी सोझाएका थिए । ब्यारेक भित्र नारावाजी र होहल्ला शुरुभएपछि हेर्न झुम्मिएका स्थानियबासीलाई सैनिकहरुले हतियार सोझाएपछि गाउलेहरु भागेका थिए ।
श्रोतका अनुसार गंगालाल हृदयरोग केन्द्र काठमाण्डौबाट उपचार गरी फर्केका मुटुरोगी रामबहादुर चौधरीले विहान नियमित पिटी परेड र ब्यायाममा जान नसक्ने बताएका थिए । तर गणका तत्कालिन कमाण्डर मेजर अरुणले बलपर्ूवक जान भनेपछि नियमित ब्यायाममा निक्लेका चौधरी सहकर्मीसंगै दौडदै ब्यारेकबाट अन्दाजी ७ सय मिटर तल बराहपाखोको ओरालोमा बेहोस भै ढलेका थिए ।
चौधरीलाई तत्काल म्याग्दी जिल्ला अस्पताल पुर्‍याउदा डाक्टरले मृत्य भै सकेको घोषणा गरेपछि आक्रोसित सिपाहीहरुले ‘सिपाही मार्न पाईदैन’ भन्ने नाराबाजी गर्दै ब्यारेक कब्जामा लिएका थिए । ‘गण फेरवदलको क्रममा रहेको बज्रदल गणका अन्तीम ७० जनाको समुहले मध्यस्थता नगरेको भए, इन्द्रबक्स गणमा रक्तपात हुने अवस्था थियो’ सैनिक श्रोतले भन्यो । फेरवदल क्रममार् इन्द्रबक्स गणका सिपाहीहरु रसुवाको धुन्चेबाट ७ दिन हिंडेर हालै मात्र अथुङ्गे ब्यारेकामा आई पुगेका थिए ।
घट्नाको भोली पल्टै नेपाली सेनाको पश्चिम पृतना प्रमुख नरबहादुर कंडेल र २३ नम्बर बाहिनी बाग्लुङ्गका बाहिनीपति ताजमानसिं बस्नेतले घट्नाको अध्ययन शुरु गर्नु भएको थियो । अहिले घट्नामा संलग्न ३५ जना सैनिक जवानलाई सेनाको बाहिनी कार्यालय बाग्लुङ्गमा र तत्कालिन कमाण्डर मेजर अरुणबहादुर सिंलाई पश्चिम पृतना पोखरामा चौधरीको स्वस्थ्य स्थीती र घटना घट्नुको कारण बारे सोधपुछ भै रहेको बताईएको छ ।
नेपाली सेनाले आइतबार कोर्टअफ् इन्क्वारी गठन गरी मेजर अरुणलाई मृतक चौधरीको श्वास्थ्य अवस्थाको जानकारीका विषयमा र अन्यलाई कमाण्डर कुटपिट विषयमा छानविन शुरु गरिएको बताईएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com