बाग्लुङ,२४ चैत उपप्रधानमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री कृष्णवहादुर महराले अबको तीन दिनभित्रमै सरकारले पूर्णता पाउने वताउनु भएको छ । बाग्लुङ आइपुग्नु भएको मन्त्री महराले बिहीबार विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो- ‘अन्य दुई तीन पार्टीलाई समेत सरकारमा सहभागी बनाएर तीन दिनभित्रमा सरकारले पूर्णता पाउनेछ ।’ शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन विशेष समितिले गृहकार्य गरीरहेकाले छिट्टै त्यसलाई टुंगोमा पुर्याउन लागिएको जानकारी दिँदै उहाँले हालै नेपाली सेनाले सेना समायोजनको विषयमा सार्वजानिक गरेको खाका सकारात्मक भएको वताउनुभयो । राष्ट्रिय सहमति, शान्ति, संविधान र जनतालाई प्रत्यक्ष राहत दिने कार्य सरकारका प्रमुख कार्यभार भएको दोहोर्याउदै मन्त्री महराले त्यसका लागि सरकारले चाँडै पूरक बजेट ल्याउन लागेको जानकारी दिनुभयो । ‘जनताले राहत सहितको शान्ति चाहेका छन, मुर्दा शान्ति होईन, त्यसैले सरकारले पूरक बजेट मार्फत त्यसको सन्देश दिन चाहान्छ, उहाँले भन्नुभयो-अर्थसचिवको राजिनामालाई ढाल बनाएर अघि बढ्ने काग्रेसको तरिका लोकतान्त्रिक चरित्र होईन । संविधानसभालाई अन्नत कालसम्म लम्बाएर लैजान नसकिने वताउदै उहाँले राजनैतिक सहमती भएमा कार्यतालिका परिवर्तन गरेर जेठ १४ मा संविधानको खाका तयार हुन सक्ने वताउनुभयो । जेठ १४ पछि के हुन्छ भन्ने बिषयमा अहिले नै केही भन्न नसकिने उहाँको भनाई थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com