पाल्पा, चैत्र २४ जिल्लाको पूर्व सहलकोट-२ पुरानथर गाउँमा भिषण आगलागी भएको छ । आगलागीबाट २३ घरगोठ जलेर नष्ट भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।
दिउँसो ४ बजेदेखि सुरु भएको आगलागी राति अवेरसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीय छिमेकी गाउँका भेषराज पोखरेलका अनुसार २१ घर जलेर नष्ट भइसकेको छ भने अन्य दुईघरमा आगो सल्किएको छ । घटनास्थल सदरमुकाम तानसेनदेखि ८० किलोमिटर पुर्वमा पर्ने भएकाले विस्तृत विवरण आईनसकेको प्रहरीले जनाएको छ ।
पुरानथरका टिकाराम लामिछानेको घरबाट बच्चाले आगो खेलाउने क्रममा आगलागी सुरु भएको बताएका छन् । चन्द्रोदय माविका प्रध्यानाध्यापक टंक पोखरेलका अनुसार हावाहुरीले गर्दा आगलागी नियन्त्रण हुन समस्या भएको बताए ।
गाउँको ४३ घरमध्ये २३ घरमा पुर्ण रुपमा क्षति भएको छ । पहाडी भेगमा हावा चलिरहेकाले आगो नियन्त्रणमा आउन नसकेको स्थानीय बासिन्दा भेषराज पोखरेलले बताए । सहलकोट, झिरुवास, दर्छाबाट आगो निभाउन स्थानियबासीको दुईसय भन्दा बढीको उपस्थिती छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com