पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी-८ च्यानडाँडामा मंगलबार विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाण्डौंबाट सिमरा जाँदै गरेको ना.२ ख ८३३३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा बाराका १८ बर्षिय विकास लामाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्रकका चालक बाराका सुरेश लामा सहचालक आकाश विष्ट र कृष्ण देउलाको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मध्ये देउलाको अवस्था गम्भिर रहेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com