कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादी र एमालेको स्थाई समितिको बैठकले सिन्को पनि भाच्न सकेन

एकीकृत नेकपा माओवादीले शुक्रबार पनि सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन सकेन । स्थायी समितिको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउने भन्दै दिन भर बैठक बस्ने तयारीमा जुटेपनि आन्तरिक किचलोको कारण प्रयाप्त मात्रामा स्थायी समितिका सदस्यहरु नै अनुपस्थित भएपछि पार्टी कार्यालय कोटेश्वरमा नेताहरु भ्रातृ संगठनका युवाहरुसँग अनौपचारिक छलफल गरेर बाहिरिएका थिए । बैठकमा सरकारमा सहभागी हुने मन्त्री र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने भनेर तयारीमा रहेका नेताहरु निराश हुदै फर्किएका थिए । बैठककोलागी नेताहरु उपस्थित नभएको भनिए पनि भरै जसो नेता पार्टी कार्यालय जादै कोहि त आएको रहेनछ भन्दै फर्किएको एक कार्यक्रताले दुखोसको गरेका छन । माओवादीमा पछिल्लो समय चुलिएको विवादबारे युवा नेताहरुले स्थायी समिति सदस्यहरुको ध्यानाकर्षण गराएका थिए । विवादकै कारण माओवादीले सरकारमा जाने सात मन्त्री र केही राज्यमन्त्रीको नाम चयन गर्न सकेको छैन । माओवादीमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच शान्ति संविधान र अरु दलसँगको सहकार्यका विषयमा चर्को मतभेद छ ।
राजनीतिक परिस्थिति र सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन बसेको एमाले स्थायी समितिको बैठक आइतबार सम्मकोलागी भन्दै शुक्रबार पनि बिनानिश्कर्ष टुंगिएको छ । पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको दुई महिनासम्म पनि आफ्नो भागमा परेकॊ मन्त्रीको र मन्त्रालयको नाममा चरम विवाद देखिएपछि बिना निष्कर्ष टुङिगएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com