आफ्नो माग सम्वोधन नभएको भन्दै दलित जनजाति पार्टीका अध्यक्ष एवं सभासद विषेन्द्र पासवानले कुर्सी फालेपछि संबैधानिक समितिको बैठक स्थगित गरिएको छ।
आदिबासी जनजाति, मुस्लिम र दलित अधिकार सुनिश्चित गर्न ठुला राजनीतिक दल जिम्मेबार नभएको भन्दै पासवानले चार तलामाथिवाट संसद सचिवालयको बगैचाका कुर्सी फालेका हुन। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पासवानले आफ्ना माग सम्वोधन नभएकाले कुर्सी प्रतिकात्मक रुपमा बाहिर फालेको जानकारी दिए। माग सम्वोधन नभए अझै आक्रामक आन्दोलन गर्ने चेतावनि समेत उनले दिएका छन्।
बैठकको शुरुदेखि नै स्वतन्त्र सभासद सदरुल मिया हक र पासवानले आफनो माग पुरा गर्न ध्यानाकर्षण गराएका थिए। ध्यानाकर्षणको सम्वोधन नभएपछि बैठकमा दुबै सदस्य लामो समयसम्म उभिएर बसेका थिए। तर बैठकमा सहभागि माओवादी सदस्यहरुले दुई सभासदले उठाएको विषयालाई छाडेर बैठक अगाडी बढाउन आग्रह गरेपछि आक्रोशित मियाले आफु बसेको कुर्सी बैठकस्थलभित्रै केही पर फालेका थिए भने पासवाने भने बाहिर बगैचामा फालेका हुन।
विवादपछि समितिले अल्पसख्यक समुदाय, मुस्लिम र दलित अधिकार सुनिश्चित गर्नका लागि प्रमुख दलका नेताहरुसँग छलफल गरेपछि मात्र अर्को बैठक बोलाउने गरी बैठक स्थगित गरेको छ।
माग सम्वोधन गर्नका लागि दलिय सहमति आवश्यक भएकाले बैठक स्थगित गरिएको समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो।
संसदीय समितिको बैठक चलिरहदा आफ्ना भनाइ राख्ने नियमित प्रक्रिया हुँदा पनि सदस्यले हलबाहिर कुर्सी फालेको घटनालाई धेरैले संसदीय मर्यादा विपरितको घटना मानेका छन्। तर कुर्सी फाल्ने सदस्यले आफुले कुनै अमर्यादित काम नगरेको दावि गर्दै परि आए मान्छे नै बाहिर फाल्ने चेतावनि दिएका छन्।

No comments:
Post a Comment
kushmabajar.blogspot.com