बुर्तिबांग साप्ताहिक
गाउँ शहरमा सहकारी, घरघरमा रोजगारी, राष्ट्रको स्वभिमान, सहकारी अभियान भन्ने मूल नाराका साथ आज बुर्तिबाङमा ५४औं सहकारी दिवस मनाइएको छ। 

सन् १८४४ मा बेलायतको मेन्चेष्टर भन्ने शहरमा एक धागो कम्पनीबाट हटाइएका एक महिला सहित २८ जनाले आफ्ना दैनिक समस्याहरु सहकार्य गर्ने उद्देश्यले सुरु गरेको सहकारी पद्धतिलाई पछि गएर धेरैले अनुसरण गर्न थालेपछि सन् १९९५ मा अन्तराष्ट्रिय महासंघको रुपमा सहकारी सिद्दान्त सहित सहकारी प्रणली विकसित हुँदै गएको थियो । नेपालमा वि.सं. २०१० सालमा सहकारी विभाग मार्फत यसलाई विधिवत रुपमा अवतरण गराइने प्रयास गरेपनि खास गरी नेपालकै पहिलो सहकारी संस्थाको रुपमा वि.सं. २०१३ साल चैत्र २० गते स्थापना गरिएको चितवनको बखान सहकारी संस्थालाई मान्दै आएपछि हरेक वर्ष जस्तै यस वर्ष पनि आजको दिनलाई नेपालभरका सहकारीहरुलाई आफ्नो स्थापना दिवस अर्थात सहकारी दिवसका रुपमा मनाउँदै आएका छन् । 

यसरीनै आज बुर्तिबाङमा मनाइएको सहकारी दिवसको कार्यक्रममासहकारी सम्बन्धि विभिन्न जनचेतना मुलक नारा लेखिएका प्लेकार्ड सहित आज बुर्तिबाङ बसपार्कबाट सुरुगरिएको उक्त सहकारी ¥याली, बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । बुर्तिबाङ क्षेत्र तथा विषेशगरी बोहरागाउँ, देविस्थान, राजकुत र बुर्तिबाङका करिव एकदर्जन सहकारी संस्थाहरुलेले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सफल बनाउनका लागि यस अघि नै बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्थाका सचिव नरहरी भूसालको संयोवकत्वमा विभिन्न १२ वटा सहकारीहरुको प्रतिनिभित्वमा दिवस आयोजक समिति बनाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका अवसरमा बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनारायण सुवेदी, त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष उक्तबशादुर महत, ढोरपाटन बहुउद्देश्यीय सहकारी संसथाकी सदस्य कुमारी पुन, बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गादेवी घर्ति, बडिगाड कृषक सहकारी संस्था लि.का सचिव तिलक पुन, नर्सिङकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमादेवी कुवँर, देविस्थान बहुउदेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष मानबहादुर कुवँर, बोहरागाउँ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिरामणी पौडेल लगायतले सहकारीका विषयमा बोल्नु भएको थियो ।
कार्यक्रम बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा आयोजक समितिका संयोजक नरहरी भुसालको अध्यक्षता तथा इलाका प्रशासन कार्यालय बुर्तिबाङका कार्यकारीणी प्रमुख कृष्ण पन्थीको प्रमुख आतिथ्यता, बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विमला गुरुङको स्वागत मन्तव्य त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ज्ञान प्रसाद कँडेलको सञ्चालनमा सम्पनन भएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com