सन्तोष गौतम
पर्वत चैत २० । पर्वतको धाईरीङ गाविसमा रहेको फसे्र धाईरीङ माविमा स्थापित मुना स्मृती अक्षय कोषको आयोजनामा आईतबार विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ ।
पर्वतको धाईरीङ घर भई हाल बेलायत बस्दै आउनुभएका कुलप्रसाद आचार्यले आफ्नी स्वर्गीय श्रीमती मुना आचार्यको सम्झनामा गत वर्ष स्थापना २ लाख २ हजार २ सय २ रुपैया र उहाँका दाजु एकनाथ पौडेलले १ हजार गरि २ लाख ३ हजार २ सय २ रुपैयाको अक्षय कोष स्थापना गर्नुभएको थियो ।
विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि एक दलित र एक जनजाति सहित २० जना जहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ती ८ सय रुपैयाका दरले छात्रवृती रकम वितरण गरिएको हो । कोषका अध्यक्ष एकनाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लोकनाथ आचार्यले छात्रवृत्ती रकम वितरण गर्नुभएको थियो ।
विद्यालयका प्रअ मुकुन्दप्रसाद आचार्यको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा मुना स्मृती कोषका सदस्य टुङ्गनाथ आचार्यले स्वागत गर्नुभएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com