कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतमा एमआरपी फारम भर्नेको संख्या ह्वात्तै बढे

रोजगारीका लागि विश्वका बिभिन्न मुलुकमा जानको लागि आवश्यक पर्ने एमआरपी बनाउन पर्वतमा एमआरपी फारम भर्नेको संख्या ह्वात्तै बढेको छ । गएको माघ महिनाको पहिलो सातादेखि सुरु भएको एमआरपी फारम भर्नेको संख्यामा बृद्धि भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । गएको २ महिनाको अबधिमा मात्रै ६ सय जनाभन्दा बढीले एमआरपी फारम भरेको पनि कार्यालयले जनाएको छ ।
दैनिकजसो २० देखि २५ जनाले एमआरपी फारम भर्न आउने गरेका छन् । एमआरपी लिनेमा अन्य उमेर समूहका भन्दा युवा युवतीको संख्या बढी रहेको छ । पराष्ट्र मन्त्रालयले कर्मचारीहरुलाई एमआरपी प्रकि्रयाबारे तालिम नदिँदा थुप्रै समस्याहरु आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम शर्माले बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com